एकीकृत समाजवादीले बुझायो नयाँ मन्त्रीको नाम, सहरी विकासमा मेटमणि चौधरी



काठमाडाैँ । नेकपा एकीकृत समाजवादीबाट बन्ने नयाँ मन्त्रीहरुको नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेताहरु विजय पौडेल र प्रमेश हमालले देउवालाई नामावली बुझाएका हुन् । 

आइतबार बसेको समाजवादी सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेको हो ।


पार्टीका उपमहासचिव समेत रहेका विजय पौडेलका अनुसार मेटमणि चौधरी शहरी विकासमन्त्री बन्नेछन् भने जीवनराम श्रेष्ठ पर्यटन, शेरबहादुर कुँवर श्रममन्त्री बन्नेछन् । यस्तै स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसीलाई पठाइने भएको छ । यसअघि राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिनेगरी पार्टीले सिफारिस गरेको पौडेलले बताए ।

एकीकृत समाजवादीले रामकुमारी झाँक्री, विरोध खतिवडा, किसान श्रेष्ठ र प्रेम आलेलाई फिर्ता बोलाएको हो ।