मनहरास्थित सुकुम्वासी बस्तीमा करेन्ट लाग्दा एककाे मृत्यु



भक्तपुर । मध्यपुरथिमि नगरपालिका–१ मनहरास्थित सुकुम्बासी बस्तीमा आज करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।

आफ्नो बनाउँदै गरेको घरको ढलानको तार मिलाउने क्रममा करेन्ट लागेर सुकुम्वासी बस्तीमा बस्ने ५२ वर्षीय दिलबहादुर तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।


प्रहरीले शव परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज पठाएर अनुसन्धान सुरु गरेको जानकारी उनले दिए ।