दक्षिण कोरियामा तेस्रो दिन पनि डढेलो नियन्त्रणमा आउँन सकेन



दर्जनौं हेलिकप्टरको सहयोगमा आगो निभाउने अनवरत प्रयासका बाबजुद पनि यहाँ बिहीबार तेस्रो दिनसम्म डढेलो नियन्त्रणमा ल्याउँन नसकिएको योनहाप समाचार एजेन्सीले जनाएको छ ।

राजधानी सियोलबाट करिब २८० किलोमिटर दक्षिणपूर्वमा रहेको मिर्याङको पहाडबाट मङ्गलबार बिहान शुरु भएको आगो तीव्र हावा र सुख्खा पतझरका कारण नजिकैको जङ्गलमा व्यापकरूपमा फैलिएको थियो। उक्त डढेलो निभाउँन ५३ वटा हेलिकोप्टर र करिब २ हजार ४५० कर्मचारी परिचालन गरिएको छ। यद्पि तीन दिनसम्म आगो नियन्त्रणमा आएको छैन ।


आगलागीबाट करिब सात सय हेक्टर जमिन प्रभावित भएको छ । कुनै मानवीय र भौतिक क्षतिको यक्किन विवरण भने अहिलेसम्म बाहिर आएको छैन।