अभिनेत्री मिरुनासँग फुर्पाले मागे माफी, दुबै पक्षबीच सहमति (सहमति पत्रसहित)



काठमाडाैँ । ‘कवड्डी–४’ फिल्म हेर्न पुगेका दर्शक र अभिनेत्री मिरुना मगरबीच भएको विवादमा दुबै पक्षले सहमति गरेका छन् । अभद्र व्यवहारको विषयमा नायिका मिरुना मगर र फुर्पा तामाङबीच यस विषयलाई थप विवादित नबनाउने सहमति भएको छ । 

कबड्डी द फाइनल म्याचको दर्शकसँग साक्षात्कार गर्ने क्रममा आइतबार सिभिल मलको क्युएफएक्स हलमा पुगेकी अभिनेत्री मगर माथि भएको अभद्र व्यवहार सम्बन्धि घटनामा मुगु स्थायी घर भएका फुर्पा तामाङले गल्ती स्वीकार गरी माफी मागेका हुन् । साथै अभिनेत्री मगरले पनि भाइ सम्झेर माफी गरेकी हुन् ।


दुबै पक्षवीच भएको सहमति पत्रमा अभिनेत्री मगरको पक्षबाट रामबाबु गुरुङ, दयाहाङ राई, मणिराम पोखरेल, विजय बराल, सन्जोग लाफा मगर, पशुपति राई, कालिप्रसाद बास्कोटाले हस्ताक्षर गरेका छन् । यसैगरी फूर्पा तामाङको पक्षबाट खेन्पो कमल भण्डारी, मिङ्ग्युर तामाङ, राजु गुरुङ, कर्मा राप्के, हिस्से लुन्डुप लामाले हस्ताक्षर गरेका छन् ।पत्रमा लेखिएको छ, ‘प्रदर्शनरत नेपाली कथानक चलचित्र कवड्डी द फाइनल म्याचको दर्शकसँग साक्षतकार गर्ने क्रममा सिभिल मलको क्युएफएक्स हलमा पुगेकी अभिनेत्री मिरुना मगरमाथि भएको अभद्र व्यवहार सम्बन्धि घटनामा मुगु स्थायी घर भएका फुर्पा तामाङले गल्ती स्वीकार गरी अभिनेत्री मगरसमक्ष माफी मागेको र अभिनेत्री मगरले पनि भाई सम्झेर माफी दिएकी छिन् ।’

साथै अभिनेत्रीले कुनैपनि जाति, धर्म, सम्प्रदायप्रति असर पुग्ने आसयले कुनै कार्य नगरेको सम्झौता पत्रमा स्पष्ट पारेकी छिन् । ‘आकस्मिक प्रतिक्रिया जनाउने क्रममा घटित हुन गएको घटनाबाट सिंगो बौद्द धर्मावलम्बी, भिक्षु, लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति क्षमा याचना गरेकी छिन्’ सम्झौता पत्रमा उल्लेख छ ।

सहमति पत्रमा अभिनेत्री मगरको पक्षबाट रामबाबु गुरुङ, दयाहाङ राई, मणिराम पोखरेल, विजय बराल, सन्जोग लाफा मगर, पशुपति राई, कालिप्रसाद बास्कोटाले हस्ताक्षर गरेका छन् । यसैगरी फूर्पा तामाङको पक्षबाट खेन्पो कमल भण्डारी, मिङ्ग्युर तामाङ, राजु गुरुङ, कर्मा राप्के, हिस्से लुन्डुप लामाले हस्ताक्षर गरेका छन् ।

 यसअघि काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोविन्द प्रसाद रिजालले तामाङलाई ३ हजार धरौटीमा रिहा गर्न आदेश दिएका थिए ।