अभिनेत्रीमाथि दुर्व्यवहारको आरोपमा पक्राउ परेका लामा रिहा



काठमाडौँ । अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा धरौटीमा रिहा भएका छन् ।

मगरले पक्राउ परेका युवकलाई फसाएको भन्दै सामाजिक सञ्जालमा विरोध र काठमाडौंको चाबहिलस्थित केएल टावरमा प्रदर्शनसमेत भएको थियो । पक्राउ पर्नेमा मुगुको मुगूम कार्मारोङ गाउँपालिका-२ घर भएका २४ वर्षीय फुर्वा तामाङ थिए। उनी बौद्ध भिक्षु हुन् । 


जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा लामालाई मंगलबार तीन हजार रुपैयाँ धरौटीमा रिहा गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।