गठबन्धनलाई हराउँदै तुलसीपुर उपमहानगरपालिकामा एमाले विजयी



दाङ । तुलसीपुर उपमहानगरपालिकामा गठबन्धनलाई हराउँदै नेकपा (एमाले) विजयी भएको छ । नगरप्रमुखमा टीकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरी विजयी भएका हुन् ।

खड्का निकटतम प्रतिस्पर्धी गठबन्धनतर्फबाट उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीलाई तीन हजार ६९१ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । खड्काले ३१ हजार ४०८ मत प्राप्त गरेका थिए भने गिरीले २७ हजार ७१७ मत प्राप्त गरेकाे निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरका प्रमुख राजेश्वर अर्यालले बताए ।


त्यस्तै उपप्रमुखमा चौधरी निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका जोगबहादुर रानालाई नौ हजार ५३२ मत पछि पार्दै विजयी भएकी हुन् । चौधरीले ३० हजार ५९७ मत ल्याएकी थिइन् भने रानाले २१ हजार ६५ मत ल्याएका थिए ।

तुलसीपुर उपमहानगरपालिकामा यसअघि पनि एमालेले नै जितेको थियो । तुलसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकामा ७४ हजार ३३६ मत खसेको थियो ।