ओलीको गृहनगरमै एमाले पराजित, दमकको मेयरमा राप्रपाका थापा विजयी



झापा । झापाको दमक नगरपालिकामा राप्रपाका राम थापा विजयी भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगरमा राप्रपाका थापा विजयी भएका हुन् । थापाले १७ हजार ५२५  मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेकी गीताकुमारी पौडेल अधिकारीले १६ हजार ९६६ मत प्राप्त गरेकी छिन् ।

उपमेयरतर्फ भने कांग्रेसकी रेगीना भट्टराईले १७ हजार ७२   मत प्राप्त गरेकी छिन् भने एमालेका अम्विकाप्रसाद खनालले १६ हजार ५७४ मत प्राप्त गरेका छन् । झापामा सत्ता गठबन्धनसहित राप्रपाको गठबन्धन रहेको थियो भने एमाले एक्लै लडेको थियो । योसँगै दमकमा एमालेको लामो समयदेखिको विरासत ढलेको छ ।