धनुषाधाम नगरपालिकाको मेयरमा कांग्रेस विजयी



जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा कांग्रेसका बालेश्वर मण्डल ४ हजार ७१८ मत ल्याएर विजयी भए ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका योगकुमार यादवले ४ हजार १७९ मत ल्याए । उपमेयरमा कांग्रेसकै विद्यादेवी भुजेल ४ हजार ७५८ मत ल्याएर निर्वाचित भएकी हुन् । नेकपा एमालेकी शान्तिदेवी सुडीनले ३ हजार ९३३ मत प्राप्त गरिन् ।