देवानगञ्जको अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेसका उमेदवार विजयी



सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार बेचनप्रसाद मेहता विजयी भएका छन् । उनले छ हजार ८७४ मत प्राप्त गरेका छन् । पराजित भएका नेपाली कांग्रेसका उम्मेदवार श्यामलाल मेहताले छ हजार ३५८ मत पाए ।

उपाध्यक्षतर्फ नेपाली कांग्रेसकी उम्मेदवार कुमारी विभा यादव विजयी भएकी छिन् । विजयी उम्मेदवारले छ हजार ११२ मत ल्याउँदा पराजित जसपाकी आशमनीकुमारी यादवले छ हजार ९७ मत ल्याए । सातवटा वडा रहेको देवानगञ्जमा जसपाले चार वडामा जीत हात पारेको छ । नेकपा एमालेले दुई र एउटा वडा नेपाली कांग्रेसले जितेको छ ।