निजगढ नगरपालिकामा एमालेका प्रमुख, उपप्रमुख विजयी



कलैया । बाराको निजगढ नगरपालिकामा नगरप्रमुख पदमा नेकपा एमाले विजयी भएको छ ।

एमालेका सुरथ पुरीले नौ हजार ४७५ मत ल्याई विजयी प्राप्त गरेकाे निर्वाचन अधिकृत शम्भुप्रसाद बरालले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी एवं निवर्तमान नगरप्रमुख नेपाली कांग्रेसका सुरेशकुमार खनालले आठ हजार ८२३ मत प्राप्त गरे ।


त्यस्तै उपप्रमुखमा एमालेकै सोममया थिङ आठ हजार ६५९ मतसहित निर्वाचित भएकि छन् । उनका निकटतम प्रतिस्पर्धी रविराज दङ्गालले आठ हजार ५१८ मत मात्र प्राप्त गरे ।