भरतपुरमा विजय सुवेदीलाई १८ सय मतले पछि पार्दै रेनुको अग्रता



चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन् । दाहालले नेकपा एमालेका विजय सुवेदीलाई १८ सय ५२ मतान्तरले पछि पारेकी छन् ।

बुधबार दिउँसोसम्म २८ हजार ६४ मतगणना गर्दा दाहालको मतान्तर बढेको हो । दाहालले १० हजार ४४९ मत प्राप्त गरेकी छन् । एमालेका सुवेदीले ८ हजार ५९७ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ६९६ मत प्राप्त गरेका छन् ।