कालीकोटमा कांंग्रेस- स्वतन्त्र दुई-दुई र माओवादी तीन स्थानमा विजयी



मान्म । कालीकोटका नौ स्थानीय तहमध्ये सातको स्थानीय तहको चुनावी नतिजा सार्वजनिक भएको छ । तीमध्ये दुई पालिकामा नेपाली कांग्रेस, दुईमा पालिकामा स्वतन्त्र र तीन पालिकामा नेकपा (माओवादी केन्द्र्र)का उम्मेदवार विजयी भएका छन् ।

खाँडाचक्र नगरपालिका र सान्नी त्रिवेणी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । खाँडाचक्रको प्रमुखमा कमलबहादुर शाही र सान्नी त्रिवेणीको अध्यक्षमा मोहनबहादुर केसी विजयी भएका छन् । खाँडाचक्रमा माओवादीका उपप्रमुख गणेशबहादुर शाही र सान्नी त्रिवेणीमा उपाध्यक्षमा एमालेबाट पार्वतीसिंह विजयी भएका छन् ।


तिलागुफा नगरपालिका र नरहरिनाथ गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । तिलागुफा नगरपालिकाको प्रमुखमा कांग्रेसबाट शङ्करप्रसाद उपाध्याय र नरहरिनाथ गाउँपालिका नगेन्द्र विष्ट विजयी भएका छन् । तिलागुफाको उपप्रमुखमा एमालेका उम्मेदवाार महेन्द्रबहादुर शाही र नरहरिनाथ गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रका कमलबहादुर शाह विजयी भएका छन् ।

शुभकालिका, महावै र पलाता गाउँपालिकामा माओवादीबाट उम्मेदवारले विजयी गरेका छन् । शुभकालिकामा गोविन्द आचार्य, महावैमा खेमबहादुर सिंह र पलाता गाउँपालिकामा विष्णुबहादुर रोकाया विजयी भएका छन् । शुभकालिकामा उपाध्यक्षमा कांग्रेसका धर्मा शाही, महावैमा उपाध्यक्षमा एमालेबाट दानसिंह सेजुवाल र पलाता गाउँपालिकाको उपाध्यक्षमा माओवादीका अलैपुरा जैशी निर्वाचित भएका छन् ।

जिल्लाको रास्कोट नगरपालिका र पचालझरना गाउँपालिका मतगणना जारी नै छ ।