२८ वर्षे युवालाई नगरपालिका हाँक्ने जिम्मेवारी



डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भरत बडायर जोशी र उपमेयरमा माओवादी केन्द्रकी विमलाकुमारी बोहोरा निर्वाचित भएका छन् ।

जोशीले ५९४१ मत ल्याए । यस्तै उपमेयरमा बोहोरा ५८८५ ल्याएर विजयी भइन् । उनकी प्रतिद्वन्द्वी कांग्रेसकै कलावती बोहोराले ४५९३ मत लाइएकी छन् । मेयरमा निर्वाचित जोशी २८ वर्षका भए भने बोहोरा ३१ वर्षकी हुन् ।