विदेह नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी



जनकपुर । धनुषाको विदेह नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा(एमाले)का उम्मेदवार विजयी भएका छन् ।

नगरपालिको प्रमुखमा एमालेका बेचन दास तत्मा चार हजार ४१२ मत प्राप्त गरी निर्वाचित हुँदा उनको निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का राजकिशोर रोहिता यादवले तीन हजार ४२७ मत ल्याएका छन् ।


यस्तै नगरपालिकाको उपप्रमुखमा एमालेकै आशा झा चार हजार ६५९ मत ल्याएर निर्वाचित भएकी छन् । उनकाे निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सीमादेवी महतोले दुई हजार ७८६ मत प्राप्त गरेकी छन् ।

योसँगै एमालेले धनुषाको दुई स्थानीय तहको प्रमुख र उपप्रमुख जितेको हो । यसअघि एमालेले धनुषाको औरही गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको थियो ।