सिन्धुलीकाे तिनपाटन गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा गठबन्धन विजयी



सिन्धुली । जिल्लाको तिनपाटन गाउँपालिकामा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले जित हासिल गरेको छ ।

कांग्रेसबाट गाउँपालिका अध्यक्षमा कर्णबहादुर थापा मगर र उपाध्यक्षमा माओवादी केन्द्रका धनबहादुर पुलामी विजयी भएका हुन् । मगरले नौ हजार २३९ पाउनुभएको छ भने नेकपा (एमाले)का उम्मेदवार छत्र दाहालले ८ हजार ४२ मत पाए ।


उपाध्यक्षमा माओवादी केन्द्र गठबन्धनका उम्मेदवार धनबहादुर पुलामी ८ हजार ३९९ मतले विजयी भएका छन् भने एमालेका पदममाया तामाङ ७९०८ मतल्याई पराजित भएकी छन् । पदममाया यसअघि एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष हुन् ।