भरतपुरमा रेनुकाे अग्रता कायमै



चितवन । भरतपुर महानगरपालिकाको जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ ।

पाँच दलीय गठबन्धनबाट प्रमुख पदको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले छ हजार २०७ मतका साथ अग्रता लिएकी छन् । नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले छ हजार ११५ मतका साथ उनलाई पच्छ्याइरहेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार २२ मत प्राप्त गरेका छन् ।


यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले सात हजार ५५८ र राप्रपाका हिमला गुरुङले पाँच हजार १० मत प्राप्त गरेका छन् । भरतपुर महानगरपालिका–५ को एक हजार ३१७ मत गणना हुँदा वडाध्यक्षमा गठबन्धनका युद्धप्रसाद श्रेष्ठले ५७८ मत र नेकपा एमालेका पदमपाणि सुवेदीले ५७२ मत प्राप्त गरेका छन् ।