सिरिजङ्गा गाउँपालिका अध्यक्षमा कांग्रेसको जीत



ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका अध्यक्षमा नेपाली कांग्रेसका लालकृष्ण चौहान निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका सन्तोष चाम्लिङ राईलाई ६८ मतान्तरले पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । चौहानले तीन हाजार ३४३ र चाम्लिङले तीन हजार २७५ मत प्राप्त गरेका छन् ।

यस्तै गाउँपालिकाका उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का चित्र माबो निर्वाचित भएका छन् । उनले नेकपा एमालेका तुलसा बस्नेतलाई एक हजारभन्दा बढी मतान्तरले पराजित गरे । औपचारिक घोषणा हुन भने बाँकी छ । यहाँका आठमध्ये चार वडामा कांग्रेस, दुईमा एमाले, एकमा माओवादी केन्द्र र एक स्वतन्त्रले वडाध्यक्षमा निर्वाचित भएका छ्न् ।