सङ्खुवासभाको भोटखोलामा एमाले निर्वाचित



सङ्खुवासभा । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।

एमालेका वाङ छेदर भोटे एक हजार ८०३ मत प्राप्त गरी प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का चुङदाक भोटेलाई ३८७ मतान्तरले पराजित गर्दै भोटखोलाको अध्यक्ष विजयी भएका हुन् ।


त्यस्तै उपाध्यक्षमा एमालेकै साहना लामा विजयी भएकी छिन् । उनले नेपाली कांग्रेसका डुक्पा थिकेपा भोटेलाई २५५ मतान्तरले पछि पार्दै उपाध्यक्ष पदमा विजयी भएकी हुन् । भोटखोलामा यसअघि अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जितेको थियो ।