काठमाडौँ महानगरपालिकामा बालेनकाे अग्रता कायमै



काठमाडाैँ । काठमाडौँ महानगरपालिकामा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारले नै अग्रता कायमै राखेका छन् ।

केही समय अघि प्राप्त मतपरिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ८ हजार ३७ मत प्राप्त गरी आफ्नो अग्रता कायम राखेका हुन् ।


त्यसैगरी प्रमुख पदकै उम्मेदवार नेकपा (एमाले) का केशव स्थापितले ४ हजार २५९ र नेपाली कांग्रेसका सिर्जना सिंहले ३ हजार ७०२ मत प्राप्त गरेका छन् ।