कैलालीको चुरेमा अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी



कैलाली । कैलालीको चुरे गाउँपालिकाको ६ वटै वडाको मतपरिमाण सार्वजनिक गरिएको छ । पालिकाको अध्यक्षमा नेकपा एमालेका चक्रबहादुर बोगटी विजयी भएका छन् । उनले गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार लोकबहादुर सारुमगरलाई पराजित गरेका हुन् ।

बोगटीले तीन हजार ३०५ मत ल्याउनुभयो भने सारुले ३ हजार २८१ मत प्राप्त गरेकाे सहायक निर्वाचन अधिकृत नन्दलाल पाण्डेयले बताए । उपाध्यक्षमा नेपाली कांग्रेसका धनदेवी थापाले तीन हजार ४४९ मत ल्याएर विजयी भएकी छन् । उपाध्यक्षमा एमालेका दीपादेवी साउदले तीन हजार १२१ मत प्राप्त गरेकाे सहायक निर्वाचन अधिकृत पाण्डेयले जानकारी दिए ।


६ वडा रहेको सो पालिकामा ५ वडामा वडाध्यक्षसहित एमाले विजयी भएको छ भने एउटा वडामा कांग्रेस विजयी भएको छ ।