कञ्चनपुरको भीमदत्त नगरपालिकामा गणना स्थगित



कञ्चनपुर । कञ्चनपुरको जेठो भीमदत्त नगरपालिकामा भने आइतबारदेखि मतगणना रोकिएको छ ।

मत गणनामा धाधली भएको आरोपसहित नेपाली कांग्रेसबाहेकका दलहरु विरोधमा छन् । उनीहरुले भीमदत्त –२ मा भइरहेको मतगण्नामा विषयलाई लिएर पुनः निर्वाचनको माग गरिरहेका छन् ।


भीमदत्त नगरपालिकामा कांग्रेसका उम्मेदवार पदम बोगटी र उपप्रमुखका उम्मेदवार निलम जोशी लेखकले सुरुआतदेखि अग्रता लिएका छन् । त्यसैगरी यहाँको बेदकोट, दोधारा चाँदनी, कृष्णपुर नगरपालिकालगायतका पालिकाका कांग्रेसको अग्रता छ भने बेलौरीमा माओवादी र शुक्लाफाँटामा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।

नौ पालिका रहेको जिल्लामा भीमदत्तबाहेकका पालिकामा मतगणना जारी छ ।