लालझाडीमा एमालेका राना निर्वाचित



कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले)का उम्मेदवार निर्मल रानाले चार हजार ५१६ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

गत शुक्रबार सम्पनन स्थानीय तहको निर्वाचन अन्तर्गत उनका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार मदनसेन बडायकले दुई हजार ८५८ मत प्राप्त गरेका थिए । यसअघिको निर्वाचनमा माओवादबाट बडायक गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका थिए ।


त्यसैगरी गाउँपालिकाको उपाध्यक्षमा नेकपा (एमाले)कै उम्मेदवार सपना चौधरी राना निर्वाचित भएकी छन् । उनले तीन हजार ५६१ मत प्राप्त गरे भने उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राधा रानाले तीन हजार ४९३ मत पाएका छन् । छ वडा रहेको लालझाडीमा कूल एघार हजार ३३५ मत खसेको थियो । उक्त पालिका राना थारु समुदायको बाहुल्यता भएको क्षेत्र पनि हो ।