भरतपुरमा एमालेका सुवेदीको अग्रता



चितवन । भरतपुर महानगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार उनले तीन हजार ३४२ मत प्राप्त गरेका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले तीन हजार ३२७ मत प्राप्त गरेकी छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार २०४ मत प्राप्त गरेका छन् ।


उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले तीन हजार ७ १६ मत पाएका छन् । उनको प्रतिस्पर्धी एमालेसहितको गठबन्धनकी हिमला गुरुङले दुई हजार ६६५ मत पाएकी छन् ।