दैलेखको नौमूले गाउँपालिकामा माओवादी केन्द्रका सुवेदी विजयी



दैलेख । जिल्लाको नौमूले गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।

गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका छविराम सुवेदी विजयी भएका छन् । उनी तीन हजार २०० मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भदे बुढा मगरले दुई हजार ५४४ मत प्राप्त गरे । बुढामगर निवर्तमान अध्यक्षसमेत हुन् । नेकपा एमालेका शशिराम विश्वकर्माले एक हजार ९२० मत ल्याए ।


यसैगरी उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का गङ्गबहादुर शाही विजयी भए । उनलाई दुई हजार ८३४ मत प्राप्त भयो । नेपाली कांग्रेसकी अमृता सिंहले दुई हजार ४०५ र एमालेकी गीता चन्दले एक हजार ९१८ मत प्राप्त गरे । नौमूलेमा (नेकपा माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को चुनावी गठबन्धन थियो ।

आठ वडा रहेको नौमूले गाउँपालिकामा पाँचवटा नेपाली कांग्रेस, दुई वडा एकीकृत समाजवादी र एउटा मात्रै वडा नेकपा एमालेले जितेको छ ।