काठमाडौँको मेयरमा बालेनको अग्रता कायमै, स्थापितभन्दा १८३८ मतले अगाडि



काठमाडाैँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै लगेका छन् ।

पछिल्लो मत परिणाम अनुसार साहले ३ हजार ८३४ मतसहित अग्रता कायम राखेका छन् । उनलाई एमालेका मेयरका उम्मेदवार केशव स्थापितले १ हजार ९९६ मतका साथ पछ्याइ रहेका छन् ।