शुक्लाफाँटा नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र)को अग्रता कायमै



कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र)को अग्रता कायमै छ ।

दुई हजार ३४८ मतगणना हुँदा माओवादी केन्द्रबाट प्रमुखका उम्मेदवार नवराज ऐरले ७९३ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का रणबहादुर महराले ६६३ मत प्राप्त गरेका छन् । यसैगरी नेपाली कांग्रेसका चिन्तामणि भट्टले ४६९ मत प्राप्त गरेका छन् ।


त्यस्तै उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का माधव पन्तले ५७१, नेकपा एमालेका मोनिका भट्टले ५२० र नेपाली कांग्रेसका कल्पना जोशीले ५०९ मत प्राप्त गरेका छन् ।