शुक्लाफाँटा वडा नं १ का अध्यक्षमा एमालेका भट्ट विजयी



कञ्चनपुर । शुक्लाफाँटा वडा नं १ का अध्यक्षमा एमालेका उत्तरदेव भट्ट ७८३ मत ल्याएर विजयी भएका छन् ।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुवर्ण विष्टले ५३५ मत ल्याएका छन् । त्यस्तै नेकपा (एकीकृत समाजवादी)का हरिश विष्टले ३८४ मत प्राप्त गरेका छन् । अहिले वडा नं २ को मतगणनाको कार्य सुरु गरिएको छ ।