![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
जुम्ला । जुम्लाको तिला गाउँपालिकामा माओवादी केन्द्रका मोतिलाल रोकायाले अध्यक्ष पदमा अग्रता बढाएका छन् ।
नेकपा (माओवादी केन्द्र) का मोतिलाल रोकायाले ५२४ मत पाउँदा नेपाली कांग्रेसका एकराज उपाध्यायले २८४ मत पाएका छन् । त्यस्तै एमालेका तर्फबाट प्रमुखका उम्मेदवार रेशमबहादुर शाहीले २५६ मत पाउँदा नेपाल मजदूर किसान पार्टीका धनबहादुर रावतले दुई मत प्राप्त गरेका छन् ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
उपाध्यक्षमा पनि माओवादी केन्द्रकी गोरीकला बुढाले ५५२ मत पाउँदा कांग्रेसकी सुष्मा श्रेष्ठ रोकायाले २८१ र एमालेकी जुनमाया बोहोराले २३९ मत पाएकी छन् ।
त्यसैगरी यस गाउँपालिका–१ को वडाध्यक्षमा माओवादी केन्द्रका जंगबहादुर बस्नेत विजयी भएका छन् । उनी ३४६ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत मिनबहादुर रावलले जानकारी दिए ।
त्यस्तै २ नं वडामा नेपाली कांग्रेसका चन्द्रबहादुर बोहोरा वडा अध्यक्षमा विजयी भएका छन् ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)