पाल्पाको रामपुरमा कांग्रेसको अग्रता



पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । नगरका दश वडामध्ये हालसम्म तीनवटा वडाको मत गणना सकिएको छ ।

वडा नं १, २ र १० को मतगणनाको नतिजा सकिँदा नेपाली कांग्रेसका नगरप्रमुख उम्मेदवार रमणबहादुर थापा र उपप्रमुख बालकुमारी थापाको अग्रता कायमै छ । तीन वडाको मत परिणामअनुसार नगर प्रमुखमा थापाले दुई हजार ८३०, उपप्रमुखमा थापाले दुई हजार ८४१ मत प्राप्त गरेकी छन् । उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का प्रमुख उम्मेदवार शिव अर्यालले दुई हजार ६०४, उपप्रमुखमा दुर्गादेवी रानाले दुई हजार ५९३ मत पाएका छन् ।


वडा नं १ र २ मा नेपाली कांग्रेसको प्यानल र १० मा नेकपा एमालेको प्यानल विजयी भएको छ । एक नम्बर वडाको अध्यक्षमा कपिलबहादुर खाँणले ९४७ मत ल्याई विजयी भएका छन् । त्यस्तै वडा नं २ मा नेपाली कांग्रेसका कृष्णबहादुर दर्जी ७०२ मत प्राप्त गरी विजयी भएका छन् ।

यस्तै वडा नं १० को अध्यक्षमा नेकपा एमालेका तोयानाथ सारु एक हजार ३६८ मत ल्याएर निर्वाचित हुनुभएको छ । यहाँ अहिले वडा नं ३ र ९ को मतगणना जारी रहेको छ ।