धनुषाको तीन वडाध्यक्षमा कांग्रेस विजयी



जनकपुर । जनकपुरधाम उपमहानगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका दीपनारायण यादवले एक हजार १४३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का लभकुमार अधिकारीले ५४१ ले मत प्राप्त गरे ।

मिथिला नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा कांग्रेसका जोगी महतो ७३५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मी महतोले ६५८ मत प्राप्त गरेकाे जनाइएको छ ।


त्यस्तै धनुषाको सबैला नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा पनि कांग्रेसका मिथिलेश साह निर्वाचित भएका छन् । जनकनन्दनी गाउँपालिकाको वडा नम्बर १ को वडाअध्यक्षमा भने नेकपा (एकीकृत समाजवादी)का सन्तोष गोइतले ४१२ मतप्राप्त गरी निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृत ठूलोबाबु दाहालका अनुसार वडासदस्यमा सोही पार्टीका मोहन यादव र रामप्रगास हलुवाई, महिला सदस्यमा सिमलादेवी माझी र दलित महिला सदस्यमा अरहुला देवी निर्वाचित भएका छन् ।