ललितपुरको मेयरमा चिरीबाबुको अग्रता



काठमाडौँ । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेस उम्मेदवार चिरीबाबु महर्जन ११० मतका साथ अग्रस्थानमा छन् । महर्जनलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का हरिकृष्ण ब्यञ्जनकारले ४७ मत ल्याएका छन् ।

त्यस्तै उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मन्जली शाक्य बज्राचार्य ६४ मतसहित अगाडि छिन् । त्यस्तै नेकपा माओवादीका बाबुराजा बज्राचार्य २० मतसहित दोस्रो स्थानमा रहेका छन् ।


ललितपुरमा गठबन्धनबाट कांग्रेसले मेयर र माओवादीले उपमेयरमा उम्मेदवारी दिएको थियो ।