चाँगुनारायणमा एमालेको अग्रता



भक्तपुर । चाँगुनारायण नगरपालिकामा नेकपा (एमाले)ले अग्रता लिएको छ ।

मतगणनाअनुसार एमालेतर्फबाट प्रमुख पदकी उम्मेदवार बिना बाँस्तोलाले २३८, नेपाली कांग्रेसका जीवन खत्रीले २२५ मत प्राप्त गरेका छन् ।


नगरको उपप्रमुखमा एमालेको तर्फका उम्मेदवार रमेश बुढाथोकीले २४० र नेपाली कांग्रेसका सुभद्रा काफ्लले १२६ मत प्राप्त गरेका छन् ।

चाँगुनारायण नगरमा उम्मेदवारका प्रतिनिधि समयमा नआउँदा मतगणना ढिला सुरु भएको थियो ।