गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकामा वडा नम्बर–२ र ३ को वडा अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । वडानम्बर–२ मा नेपाली कांग्रेसका हिराबहादुर थापा निर्वाचित भएका छन् । थापाले ४८२ मत ल्याएका छन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका हिमाल कुँवरले ३९० मत ल्याएका छन् । यो वडामा यो वडामा २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।
त्यस्तै नगरको वडा नम्बर–३ मा नेपाली कांग्रेसका बाबुराम खत्री वडाअध्यक्षमा निर्वाचित भएका छन् । खत्रीले ५९० मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका मानबहादुर घर्तीले ५४८ मत ल्याएर पराजित भएका छन् ।