मनाङ । मनाङको नार्पाभूमि गाउँपालिकामा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा निर्वाचित भएका छन् । उनले १ सय ५८ मत ल्याएर आगामी ५ वर्षका लागि नार्पाभूमि गाउँपालिकाका अध्यक्ष बनेका हुन् । प्रतिद्वन्द्व स्वतन्त्रका कृष्णबहादुर लामाले १ सय ११ मत ल्याएका छन् ।
कोन्जो तेन्जिङ लामा यसअघिको निर्वाचनमा स्वतन्त्रबाट नार्पाभूमि गाउँपालिकाको उपाध्यक्षमा निर्विरोध भएका थिए । पछि कांग्रेस प्रवेश गरेका उनलाई स्थानीय तह निर्वाचन २०७९ मा कांग्रेसले अध्यक्षमा चुनाव लड्न टिकट दिएका थिए ।
अध्यक्षमा उम्मेदवारी दिएका स्वतन्त्रका मिङमार सोनम लामाले भने उम्मेदवारी फिर्ता लिएका छन् ।