गोरखाको ताराखसे मतदान केन्द्रमा अज्ञात समूहले चलाएको गोली लागेर कर्मचारी घाइते



गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–२ ताराखसे मतदान केन्द्रमा प्रहरीले भीडलाई नियन्त्रणमा लिन गोली चलाएको छ । प्रहरीको गोली लागेर मतदान केन्द्रमा खटिएकी कर्मचारी घाइते भएकी छिन् । 

मतदानको विषयलाई लिएर कांग्रेस र माओवादीबीच विवाद बढेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।


‘मतदानस्थलभित्रै पसेर कांग्रेस माओवादी भिड्न थाले, बुथ संरक्षण गर्न र स्थिति नियन्त्रणमा लिन गोली चलाउनुपर्‍यो,’ एसपी केदार खनालले भने । मतदान केन्द्रमा खटिएकी मनिषा थापा घाइते भएको खनालले बताए । थापाको तिघ्रामा गोली लागेको छ ।