![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
केन्द्रीय विद्युत् प्रसारण लाइन आएको पाँच महिनामै मनाङको विद्युत् सेवामा बाढीपहिराले क्षति पु¥याएको छ । यही असारको शुरुआतदेखि परेको अविरल वर्षाका कारण जिल्लामा पहिलोपटक आएको नेपाल विद्युत प्राधिकरणको ३३ केभी प्रसारण लाइनमा क्षति पुगेको हो । बाढीपहिराले प्रसारण लाइनमा रु ८० लाख बराबरको क्षति पु¥याएको नेपाल विद्युत प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख मिलन सुवेदीले बताएका छन् । प्रमुख सुवेदीले भने, “गत वर्षको फागुनमा मात्र नेपाल विद्युत प्राधिकरणको ३३ केभी प्रसारण लाइन मनाङ पुगेको हो । केन्द्रको लाइन आएको पाँच महिना मात्र भएको थियो ।
यही असार १ गतेदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले केन्द्रीय विद्युत् प्रसारण लाइनमा रु ८० लाख बराबरको क्षति पु¥याएको छ । बाढीपहिराले बिजुलीको पोल र तार पुरिनुका साथै बाढीले बगाएर लगेको छ ।” लघु जलविद्युत्को भरमा चलेको हिमाली जिल्ला मनाङमा केन्द्रीय प्रसारण लाइन चामे सदरमुकामसम्म विद्युत् सेवा उपलब्ध गराइएको थियो । फाइबर इन्सुलेटरबाट विद्युत् चार्ज गरिएसँगै जिल्लामा पहिलोपटक केन्द्रीय प्रसारण लाइन जोड्न सफल भएको थियो ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
अहिले बाढीपहिरोले क्षति पु¥याएपछि पुनः जडानमा कठिनाइ भएको वितरण केन्द्रका प्रमुख सुवेदीले बताए । उनी भन्छन्, “भौगोलिक विकटतासँगै अन्य प्राविधिक समस्या जिल्लामा छ । पहिले केन्द्रीय प्रसारण लाइन जडान गर्न निकै कठिनाइ भएको थियो । भारतदेखि फाइबर इन्सुलेटर झिकाएर जडान गरेपछि केन्द्रीय विद्युत् बाल्न सफल भएका थियौँ, तर बाढीपहिराले क्षतविक्षत बनाएपछि समस्या पुनः दोहोरियो ।”
मनाङको माथिल्लो भेगसम्म लाइन विस्तारका लागि कूल रु तीन करोड ५४ लाख ४१ हजार लाग्ने अर्थ मन्त्रालयले जनाएको छ । प्राधिकरणका अनुसार मनाङ सदरमुकाम चामेबाट माथिल्लो मनाङ, खाङसार हुँदै तिलिचो आधार शिविरसम्मका लागि रु एक करोड १८ लाख ८४ हजार १४० विनियोजन भएको छ भने जिल्लाको माथिल्लो भेगस्थित मनाङ, टङ्किमनाङ हुंँदै थोरोङ्ला आधार शिविरसम्मका लागि रु दुई करोड ३५ लाख ५६ हजार ९३४ विनियोजन भएको थियो ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)