२० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले डा युवराज खतिवडालाई मेक्सिकोका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकि छन् ।नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
आइतबार राष्ट्रपतिको कार्यालय शीतल निवासले एक विज्ञप्ति जारी गर्दै डा.खतिवडालाई मेक्सिकोका लागि राजदूत पदमा नियुक्त गरिएको जानकारी दिएको हो ।डा. खतिवडा संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत समेत हुन् ।