पूर्वप्रधानमन्त्री भट्टराईद्वारा मतदान



काठमाडाैँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् । गोरखाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालय केन्द्रबाट मतदान गरेका हुन् ।