बाराको सिम्रौनगढमा झडप हुँदा मतदान रोकियो



काठमाडौँ । बाराको सिम्रौनगढ नगरपालिका २ बैरिया र देवताल गाउँपालिका ७ पिपरपाती मतदान केन्द्रमा दुई समूहबीच झडप हुँदा अहिले ती केन्द्रमा मतदान रोकिएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले भने घटनास्थलमा सुरक्षा कडा पार्दै मतदान सुरू गराउन पहल भइरहेकाे बताए ।


सीमावर्ती यी दुवै मतदान केन्द्रमा सुरक्षाको दृष्टिकोणले मतदान केन्द्र संवेदनशील मानिएको छ ।