जेठ १ गते देखि विद्यालयहरु पनि सातामा दुई दिन बिदा



काठमाडौँ । जेठ १ गतेदेखि विद्यालयहरु पनि साताको दुई दिन बिदा हुने भएका छन् ।

विज्ञान तथा प्रविधि मन्त्रालयमा बुधबार बसेको बैठकले सातामा दुई दिन बिदा दिने निर्णय गरेको हो। शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले सरकारको निर्णय अनुसार विद्यालयहरु पनि सातामा दुई दिन बिदा गर्ने निर्णय भएको जानकारी दिए ।


सरकारले परीक्षणको लागि भन्दै जेठ १ गतेदेखि शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरिसकेको छ । दुई दिन बिदा दिँदा शुक्रबार हुने आधा बिदा भने कटौती गरिएको छ । शुक्रबार पूरा दिन विद्यालय खुल्नेछन् । बाँकी हुने बिदाहरु मिन पचास बिदाबाट मिलाउने निर्णय भएको उनले बताए ।