प्रचण्डलाई श्रेष्ठको आग्रह – हिजोको जस्तो ढाँट्ने, धोका दिने काम नहोस् 



काठमाडौँ । नेपाली कांग्रेसको चितवन जिल्लाका निवर्तमान सभापति जितनारायण श्रेष्ठले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विगतमा जस्तै कांग्रेसलाई धोका नदिन आग्रह गरेका छन् ।

बिहीबार चितवनको भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले पाँच वर्षअघि गठबन्धन गरेर माओवादी नेत्री रेणु दाहाललाई जिताए पनि बाँकी प्रतिबद्धता तीन महिनामै भत्किएकाले यसपटक त्यस्तो नगर्न आग्रह गरेका हुन् ।


उनले आफ्नो पार्टीको सोझो सभापतिलाई ढाँट्ने काम नगर्न पनि आग्रह गरे । उनले भने,‘हाम्रो पार्टीको सोझो सभापति जे बोल्नुहुन्छ त्यही गर्नुहुन्छ । भोलिको दिनमा हिजोजस्तो ढाँट्ने, धोका दिने काम नहोस्।’ श्रेष्ठले कांग्रेसले रेणु दाहाललगायत सिंगो गठबन्धनले जित्ने भन्दै उमेदवारी फिर्ता लिन जगन्नाथ पौडेललाई आग्रह गरे ।