२४ घण्टामा ३२ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०९४ वटा नमुना परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सोही अवधिमा २३ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २१७ रहेको मन्त्रालयले जनाएको छ ।