वीरगञ्ज महानगरपालिकाद्वारा आठ महिनामा ३३ करोड राजस्व सङ्कलन



वीरगञ्ज । वीरगञ्ज महानगरले चालु आर्थिक वर्षको आठ महिनामा  ३३ करोड ५६लाख ८७ हजार सात सय ७८ राजस्व सङ्कलन गरेको छ ।

महानगरले गत आवको सोही अवधिको तुलनामा  ३६ लाख ४१ हजार १६१ बढी राजस्व सङ्कलन गरेको हो ।


वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले चालु आवको आठ महिनामा वार्षिक लक्ष्यको ४० प्रतिशतको हाराहारीमा राजस्व सङ्कलन भएको जानकारी दिए ।

महानगरले सम्पत्ति करबापत रु १२ करोड ११ लाख ९७ हजार र पूर्वाधार सेवाको कर उपभोगमा लाग्ने करबापत रु एक करोड ६८ लाख सङ्कलन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here