अलमुताइरीको एन्फालाई पत्र : राष्ट्रिय टिमको बन्द प्रशिक्षण छाडेका खेलाडीलाई कारबाही नगर्नु



काठमाडाैँ । मुख्य प्रशिक्षक अब्दुलाह अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई प्रशिक्षण छाडेका खेलाडीलाई कारबाही नगर्न आग्रह गर्दै पत्र लेखेका छन् । 

उनले एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई सम्बोधन गर्दै पत्र लेखेका हुन् । खेलाडीसँग पछिल्लो समय उत्पन्न विवादबारे अलमुताइरीले एन्फालाई पत्र पठाएका हुन् ।


उनले आफूले खेलाडीहरूलाई माफि दिएको पनि बताएका छन्। साथै उनीहरूलाई कारबाही नगर्न पनि एन्फालाई अनुरोध गरेका छन्।

उनले राष्ट्रिय टिमको बन्द प्रशिक्षण छाडेका खेलाडीलाई एएफसी कपका लागि राष्ट्रिय टिममा छनोट नगर्ने पनि उनले बताएका छन्।