अशक्त महिलालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ



तम्घास । ३५ बर्षीया अशक्त महिलालाई जवरजस्ती करणी गरेको आरोपमा ५८ बर्षीय  पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । 

शारीरिक रुपमा अशक्त महिलालाई मुसिकोट नगरपालिका वडा नम्वर २ का ५८ बर्षीय झुपे सार्कीले जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले शनिवार पक्राउ गरेको जनाएको छ । 


सार्कीले बैशाख १५ गते दिउँसो जवरजस्ती करणी गरेको उजुरीको आधारमा  पक्राउ  गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधव खरेलले  जानकारी दिए ।

सार्कीलाई   जिल्ला अदालत गुल्मीबाट  १० दिनको म्याद थप गरी थप अनुसन्धान अगाडी बढाइएको  खरेलले  जानकारी दिए ।