कांग्रेस पदाधिकारी बैठक देउवा निवास बुढानीलकण्ठमा जारी



काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक जारी रहेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बैठक केहीबेर अघि सुरु भएको हो ।

बैठकमा पार्टीका आन्तरिक विषयहरु, विकसित राजनीतिक घटनाक्रम, सदनको प्रभावकारिता, राजावादीहरुकोे बढ्दो सक्रियताको बारेमा छलफल हुने बताइएको छ ।


साथै, संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा चालिने आगामी कदमहरुको बारेमा पनि बैठकले निर्णय गर्ने बताइएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here