काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकूलपति वाग्लेले लिए पद तथा गोपनीयताको शपथ



काठमाडौँ । काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकूलपति प्रा.डा.अच्युतप्रसाद वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित समारोहमा प्रधानमन्त्री एवं कूलपति केपी शर्मा ओलीसमक्ष उपकुलपति डा.वाग्लेले सपथ लिएका हुन् ।

कूलपति ओलीले विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिका संयोजक र सदस्यद्वयको सिफारिसमा परेका तीन मध्येबाट डा.वाग्लेलाई सो विश्वविद्यालयको ऐन, २०४८ को दफा १३ ९४० बमोजिम सोमबार नियुक्त गरेका थिए । शपथग्रहण कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, प्रधानमन्त्रीका मुुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, शिक्षा मन्त्रालयका सचिव डा दीपक काफ्लेलगायत सहभागी थिए ।


सो अवसरमा प्रधानमन्त्री ओलीले उपकूलपति नियुक्तिमा हुन पुगेको ढिलाइको सन्दर्भसमेतलाई ध्यान दिएर आगामी दिनमा सजगताका साथ सम्बन्धित सबै पक्षको साझा विश्वविद्यालय कायम राख्ने गरी काम अघि बढाइने बताए । नवनियुक्त उपकुलपति प्रा डा वाग्ले यसअघि सो विश्वविद्यालयका कार्यबाहक उपकूलपति एवं रजिष्ट्रार थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here