वीरगञ्ज भन्सारद्वारा एक खर्ब नौ अर्ब राजस्व सङ्कलन



पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु. एक खर्ब ९ अर्ब २२ करोड ८५ लाख राजस्व संकलन गरेको छ । एक खर्ब ३९ अर्ब ७३ करोड राजस्व संकलनको लक्ष्य थियो ।

भन्सार प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार राजस्व संकलनमा क्रमशः सुधार भएको छ । चालु आव  बाँकी चार महिनामा राजस्व संकलनमा थप सुधार हुने उनको विश्वास छ । अन्य क्षेत्रको तुलनामा यहाँ पेट्रोलियम पदार्थ र सवारीसाधनबाट राजस्व सङ्कलन अधिक हुने गरेको छ । 


वीरगञ्ज भन्सारले चालु आवको साउनमा रु. १२ अर्ब १५ करोड भदौमा रु. १३ अर्ब ४२ करोड,असोजमा रु. १३ अर्ब ४७ करोड  कात्तिकमा रु. ११ अर्ब १० करोड र मङ्सिरमा भने रु. १४ अर्ब ४० करोड राजस्व संकलन गरेको थियो ।

यसैगरी, पुसमा चालु आवको  सबैभन्दा धेरै अर्थात् रु. १५ अर्ब ४७ करोड र माघमा रु. १४ अर्ब ४४ करोड र फागुनमा रु. १४ अर्ब ६३ करोड राजस्व असुली भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here