पूर्वविशिष्टलाई सुविधा थप्ने सरकारको कुनै तयारी छैन : उपप्रधानमन्त्री सिंह

मन्तव्य राख्दै उपप्रधानमन्त्री सिंह काठमाडौँ, २३ पुसः नेपाल व्यावसायिक कलाकार सङ्घको ३०औँ स्थापना दिवस तथा राष्ट्रिय विभूति कलाकार अरनिको स्मृति दिवस– २०८१ कार्यक्रममा मन्तव्य राख्दै उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह। तस्बिरः गोपाल दाहाल÷रासस


पाल्पा । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले पूर्व विशिष्टलाई सुविधा थप्ने सरकारको कुनै तयारी नभएको बताएका छन् । नेपाल पत्रकार महासंघले शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सरकारले पूर्व विशिष्टलाई सुविधा थप्ने कुनै तयारी नगरेको बताएका हुन् । 

यसअघिका सरकारले अगाडि बढाएको पूर्व विशिष्टको सुविधाको विषय सर्वोच्च अदालत पुगेपछि कानून बनाएर व्यवस्थित गर्ने गरी निर्देशनात्मक आदेश जारी भएको चर्चा गर्दै उनले भने । ‘पूर्वविशिष्टलाई सुविधा थप्ने गरी सरकारले गृहकार्य अघि बढाएको छैन । वर्तमान सरकारको सुविधा थप्ने सरकारको मनसाय  छैन ।’


उपप्रधानमन्त्री सिंहले वर्तमान सरकार आर्थिक समृद्धि र विकासमा केन्द्रित रहेको र सोही अनुसार काम अघि बढाएको पनि बताए । राजनीतिक स्थिरता  नभई विकासको कामले गति लिन नसक्ने भएकाले  अहिले काँग्रेस , एमालेसहितका दलहरू मिलेर सरकार बनेको भन्दै उनले जनताको जीवन र जीविका सहज बनाउनु नै सरकारको प्राथमिकता रहेको बताए । 

शुक्रबार पाल्पा काँग्रेसको कार्यक्रममा सहभागी भएका सिंह आज गुल्मी क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनमा सहभागी हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here