

इनरूवा । सुनसरीको हरिनगर गाउँपालिका–४ मा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय उमेश मेहता रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
भुटाहाबाट चिमडीतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ त २४७१ नम्बरको ट्र्याक्टरले पैदल यात्रीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि जिल्ला अस्पताल इनरूवा पुर्याइएको र उपचारका क्रममा उनको मृत्यु भएको सुनसरीका प्रहरी नायव उपरीक्षक युवराज खतिवडाले जानकारी दिए ।


ट्र्याक्टर र चालक रूपेश सरदारलाई इलाका प्रहरी कार्यालय हरिनगरको नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
